समाचार
चिशंखुगढी गाउँपालिका-शैक्षिक विकास तथा व्यवस्थापन छलफल तथा परामर्श कार्यक्रम
मिति २०७५ जेष्ठ २४ गते यस चिशंखुगढी गा.पाको आ.ब. २०७५/०७६ को बजेट, निति तथा कार्यक्रम तर्जुमाको चरणमा गा.पाको शैक्षिक विकास तथा व्यवस्थापन सम्बन्धि विषयमा छलफल तथा परामर्श कार्यक्रम सञ्चालन गरियो । उक्त कार्यक्रमा यस गा.पाका अध्यक्ष निशान्त शर्माले आफ्नो भनाइ राख्नुका साथसाथै शिक्षक वर्गहरुलाई गुनासो पोख्ने मौका पनि प्रदान गरीएको थियो । यसै कार्यक्रमको मौका छोपी गाउँपालिका स्तरीय कक्षा ८ का विद्यार्थी वर्गमाझ सञ्चालन गरीएको जाँचमा १०औ देखी पहिलो हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण गरीएको थियो । सो जाँचमा श्री जालपा मा.वि. कालिमाटीकीे छात्रा सुश्री सुमिक्षा यादव पहिलो हुन सफल भइन । विद्यालय सुधारका लागि कार्यदल पनि सोही कार्यक्रममा गठन गरिएको छ ।