चिशंखुगढी गाँउपालिका
ओखलढुंगा, कोशी प्रदेश
चिशंखुगढी गाउँपालिकाको मुख्य मिशन स्थानीय कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरण, पर्यटन प्रवर्द्धन मार्फत आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने, र विकट भूगोल भएतापनि वातावरणमैत्री दिगो पूर्वाधारको विकास गरी गाउँपालिकावासीको जीवनस्तर माथि उठाउनु हो। गाउँपालिका भित्रका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण गर्दै अर्गानिक कृषि प्रणाली, साहसिक तथा सांस्कृतिक पर्यटन, र गुणस्तरीय सडक, खानेपानी, शिक्षा, स्वास्थ्य जस्ता पूर्वाधार निर्माणमा जोड दिई समग्र क्षेत्रलाई आत्मनिर्भर, समृद्ध र उत्थानशील (Resilient) बनाउनु यस गाउँपालिकाको मार्गदर्शन रहनेछ।